काठमाडौँ। भारतीय कलाकार सनी देओलको फिल्म गदर-२ को पहिलो हप्ताको कमाइको आँकडा सार्वजनिक भएको छ।
उक्त फिल्म समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमा गदर-२ ले ३०५ करोड कमाएको बताएका छन्।
अभिनेता देओल अभिनित यस गदर-२ फिल्म ११ अगस्टमा रिलिज भएको थियो। यो फिल्मसँगै अक्षय कुमारको ओएमजी-२ पनि थिएटरमा रिलिज भएको थियो ।
गदर-२ ले भारतीय सिनेमाको इतिहासमा पनि नयाँ कीर्तिमान बनाएको छ। अगस्ट १५ मा कुनै पनि भारतीय फिल्मले ५५ करोड कमाउन सकेका छैनन्। तर गदर-२ ले यो उपलब्धि स्वतन्त्रा दिवसका दिन प्राप्त गरेकाे छ।
मल्टिप्लेक्सबाहेक गदर-२ फिल्मले सिंगल स्क्रिन थिएटरमा पनि राम्रो कमाइ गरिरहेको छ ।
तरण आदर्शले लामो समयपछि सिंगल स्क्रिन थिएटरमा फिल्मले यति धेरै कमाइ गरेको बताउँछन्। गदर- २ सन् २००१ मा रिलिज भएको गदरको सिक्वेल हाे।
गदर-२ का निर्देशक अनिल शर्मा हुन् । फिल्ममा सनी देओलका अलावा अमिषा पटेल पनि छिन्।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend