Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ


    शुक्रबार, भाद्र १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएराति चितवनबाट उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा नसिम अख्तर रहेका छन् । उनलाई चितवनबाट काठमाडौं ल्याउने तयारी भएको सीआईबीले जनाएको छ ।

    उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ । एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट एमबीबीएस पास भएको सर्टिफिकेट पेस गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार