Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ


    शुक्रबार, साउन २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ परेका छन् । सीआइबीको टोलीले मनिष चौधरीलाई मोरङबाट र श्रद्धा शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको हो ।

    सीआईबीले चलाएको अपरेशन फोक्सट्रोट चार्लीमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर पाँच जना चिकित्सकलाई पक्राउ गरिएको थियो ।

    ब्युरोको अहिलेको अपरेशनमा १५ जना चिकित्सक निशानामा छन् । ब्युरोले काठमाडौ उपत्यका र उपत्यका बाहिर पनि अपरेसन चलाइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार