काठमाडौं । कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति परीक्षा दिएका विद्यार्थीको प्रारम्भिक नतिजा सूचीमा नाम निस्के पनि भर्ना हुन पाएनन् । भर्ना हुन नपाएका र भर्ना हुने अवसरबाट बञ्चित भएका विद्यार्थीको भीडले मंगलबार काठमाडौं महानगर पालिकाको शिक्षा विभागमा थेगिनसक्नु घुइँचो थियो । सफ्वेयरले त्रुटि गरेका कारण भर्ना हुन योग्य विद्यार्थी भर्ना हुन नपाएका हुन् ।
कामपाले सोमबार पहिलो भर्ना सूची सार्वजनिक गरेको थियो । परीक्षाफल प्रकाशित भएलगत्तै कामपाले सूचना जारी गरी ‘म्याचिङ’को नतिजा चित्त नबुझे निवेदन दिन आग्रह गरेको थियो ।
सूचनामा सफ्टवेयरमा समस्या आएको सम्बन्धमा खुलाइएको थिएन । विभागले निवेदन माग गरेपछि सोमबार र मंगलबार विभागमा भीड लागेको थियो । भर्ना हुन नसकेको बारेमा बुझन अभिभावक, विद्यालयका शिक्षक र विद्यार्थी स्वयं महानगरमा निवेदन दिन पुगेका थिए ।
कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले परीक्षाफल प्रकाशित गर्दा सामान्य समस्या भएको स्वीकार्नुभयो । कामपाले आइतबार परीक्षाफल प्रकाशित गरेको थियो । ‘संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको नाम सामुदायिक विद्यालयमा परेपछि समस्या आएको जिकिर गर्दै कोइरालाले भने– ‘कम्प्युटरमा सफ्वेयरले गडबडी गर्दा त्रुटि देखिएकोे हो ।’ विशेष गरी संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको नाम सामुदायिक विद्यालयको सूचीमा परेको र केहीले नतिजा चित्त नबुझेर निवेदन दिनेको भीड लागेको बताए ।
उनका अनुसार पहिलो सूचीमा चित्त नबुझेर निवेदन दिने विद्यार्थीको संख्या करिब ५ सयको हाराहारीमा थियो । विभागले जारी गरेको सूचनामा निवेदनउपर कारबाही सम्पन्न भएपछि ‘म्याचिङ’को पहिलो भर्नासूचीको अन्तिम नतिजा प्रकाशन गरिने जनाएको छ ।
सोमबार परीक्षाफल प्रकाशित गरेर पहिलो सूची सार्वजनिक भएपछि त्रुटि देखिएकोले पहिलो सूचनाको भर्ना भएपछि मात्र दोस्रो सूची सार्वजनिक गर्ने तयारी गरेको छ । नाम निस्केका विद्यार्थीलाई त्रुटि सच्याएपछि मात्र भर्ना हुन जान आग्रह गरेको विभागले बुधबारबाट मात्र भर्ना हुनसक्ने जानकारी दिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend