काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे भर्ना नै रद्द गर्ने भएको छ । कामपाको शिक्षा शाखाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी छनोटको लागि एकीकृत परीक्षा सञ्चालन गर्न लागेको छ ।
साउन २० गते हुने परीक्षाको लागि विद्यार्थीले गलत विवरण पेस गरी झुठो ठहरिए आवेदन फारम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्नासमेत रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्कासन गर्ने निर्णय गरेको छ । कामपा शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले छात्रवृत्ति परीक्षाको लागि फारम भर्दादेखि परीक्षा दिँदासमेत परीक्षाको महत्वलाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
कामपाले संस्थागत विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये संख्याको आधारमा १० प्रतिशत छात्रवृत्ति दिन परीक्षा लिन लागेको हो । अघिल्लोवर्ष भनसुनको आधारमा मनपरी रूपमा छात्रवृत्ति दिने प्रचलन थियो । सो प्रचलन खारेज गरी छात्रवृत्ति वितरण प्रणालीलाई प्रभावकारी ढंगले सञ्चालन गर्न नयाँ प्रणाली शुरू गरिएको हो । महानगरले योग्यता सूचीको आधारमा विद्यालय छनोट गरी विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।
छात्रवृत्ति छनोटसम्बन्धी व्यवस्थाअनुसार संस्थागत विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिलाई सत्प्रतिशत मानेर निर्णय गरेको छ । जसअनुसार सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि ४०, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेकालाई ५, महानगरमा स्थायी बसोबास भएकालाई ९ र ल्यान्डफिल साइट प्रभावितक्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि १ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
थप ४५ प्रतिशत छात्रवृत्तिमध्ये छात्रालाई ३३, खस आर्यलाई १७, आदिवासी÷जनजातिलाई १५, मधेसीलाई १२, दलितलाई ९, थारू र पिछडिएका क्षेत्रका व्यक्तिलाई गरी ४÷४, मुस्लिम र थारूलाई २÷२ र सहिद र बेपत्ता परिएका नागरिक र द्वन्द्वपीडित नागरिकका परिवारलाई २ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ । पिछडिएको क्षेत्रका व्यक्तिका रूपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend