Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ सय रुपैयाँ घुुस लिंदा जागिर नै धरापमा, दुई प्रहरी निलम्बनमा


    आइतबार, साउन २८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रौतहट । राजमार्गमा जिप चालकसँग घुस लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । ड्युटीमा रहेका प्रहरी र ट्राफिक जवानले चालकसित रकम लिएको भिडियो समाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरेको हो ।

    निलम्बन पर्नेमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र मधेश प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैया बारा अन्तर्गतको सर्लाहीस्थित वाग्मती पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवारलाई निलम्बन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरी प्रधान कार्यालयले दुवै जवानले अनैतिक ढंगले संगठनको मर्यादा विपरीत चालकसित रकम लिएकोबारेमा अनुसन्धान गर्न निर्देशन दिएको छ । जिप चालक रौतहटका सिकन्दर पटेलसित जवान यादवले हर्षाह र ट्राफिक कलवारले कर्मैयामा रोकेर एक–एक सय लुकाएर लिएको भिडियोमा प्रष्ट देखिएको छ ।

    चालक पटेलले दुवै प्रहरीले आफूलाई मालसमान बोकेर जाँदा धेरै दुख दिएको सुनाए । मैले जरिवाना काट्नुस् भन्दा पनि नमान्ने’ उनले भने, ‘गाडी रोकेर दुख दिनसम्म दिए पछि बाध्य भएर प्रमाणको लागि भिडियो बनाएको हुँ ।’ उनले हर्षाहा, गरुडा र सुकदेव चोकमा प्रहरीले रोकेर दुःख दिने र रकम माग्ने गरेको सुनाए । जवान यादवको दरबन्दी इलाका प्रहरी कार्यालय गंगा पिप्रा हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार