काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा)ले अहिले भन्दा १७ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्ड छानबिन सम्बन्धमा सरकारले गरेको नयाँ सहमतिलाई लिएर असन्तुष्टि जनाएको छ ।
उसले उक्त सहमतिलाई लिएर चरम असन्तुष्टि जनाउँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार नै छाड्नेसम्मको चेतावनी समेत दिएको छ ।
सरकार र गौर हत्याकाण्डपीडितबीच सहमति भएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता र प्रतिपक्षी दलका नेतासँग भेटवार्ता बढाएका छन् ।
सरकारले गौर हत्याकाण्डपीडितसँग सहमति गरेलगत्तै उपेन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग मंगलवार सिंहदरबारमा भेटेर सरकार छाड्ने चेतावनी दिएका थिए ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले तपाईंमाथि अन्याय गर्यो, बालकृष्ण खाँणलगायतका नेतालाई पक्राउ गरायो । अहिले मलाई अप्ठ्यारो पार्न खोज्दैछ,’ देउवासँगको भेटमा उपेन्द्रको भनाइ उद्धृत गर्दै जसपा उच्च स्रोतले भन्यो ।
देउवाले भने प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्ने भन्दै तत्काल सरकार छाड्ने निर्णय नगर्न आग्रह गरेका थिए ।
उपेन्द्रले प्रचण्डसँग समेत असन्तुष्टि व्यक्त गरिसकेको स्रोतका दाबी छ । साथै उनले मंगलवार राति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका छन् ।
बालकोटस्थित ओलीको निवासमा भएको भेटमा उपेन्द्रले सरकार छाड्ने मनस्थितिमा पुगेको भन्दै नयाँ सरकारको सम्भावनाबारे समेत कुराकानी गरेको स्रोतको दाबी छ ।
जवाफमा ओलीले नयाँ सरकारका लागि जसपा मात्र आउँदा नपुग्ने बताएका थिए ।
‘तपाईंले छाडेर मात्र सत्ता परिवर्तन हुँदैन होला, तैपनि तपाईंको कदममा मेरो समर्थन रहन्छ भन्ने ओलीको भनाइ थियो,’ उपेन्द्रनिकट स्रोतले भन्यो ।
२०६३ सालमा रौतहटको गौरमा माओवादीले आयोजना गरेको सभामा भएको आक्रमणमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।
सो घटनाका पीडितले हत्याकाण्डमा उपेन्द्र यादवको संलग्नता रहेको बताउँदै आएका छन् ।
गौर हत्यकाण्डपीडित संघर्ष समितिका सदस्यहरूले प्रधानमन्त्री प्रचण्डसँग समेत भेटवार्ता गरेका थिए ।
सरकारले मंगलवार गौर हत्याकाण्डपीडित संघर्ष समितिसँग ५ बुँदे सहमति गर्दै उक्त घटनाको छानबिन गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्ने जनाएको थियो ।
हेर्नुहोस्, सहमति पत्र :

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend