भरतपुर । चितवनस्थित सुजुकी गाडीको आधिकारिक बिक्रेताले ९७ वटा गाडी बिक्री गरिसकेपछि पनि ग्राहकको नाममा नामसारी नगरेको खुलासा भएको छ । ग्राहकले पूरा रकम तिरेर किनेका गाडी हिमालयन बैंक भरतपुर शाखाले लिलाम गर्नका लागि ३५ दिने सूचना निकालेपछि खरिदकर्ताहरुले ठगिएको थाहा पाए ।
गाडी खरिदकर्ताहरुले ठगिएको थाहा पाएपछि चितवनस्थित सुजुकी गाडीको आधिकारिक बिक्रेता कम्पनीका प्रमुख प्रतीक श्रेष्ठका बिरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा केही दिनअघि ठगीमा उजुरी दिए । ठगीको उजुरीमा प्रहरीले उनलाई पक्राउ गरी तुरुन्तै आर्थिक चलखेलमा छाडेको छ । र, ९७ जनासँग कराडौं लिएर पनि गाडी नामसारी नगर्ने श्रेष्ठका बिरुद्ध परेको ठगीसम्बन्धी उजुरीमा चितवनका एसपी रामेश्वर कार्कीकै अग्रसरतामा दबाब दिएर मिलापत्र गराइएको गुनासो पीडितले गरेका छन् ।
३ महिनाभित्र भुक्तानी गर्नेगरी उजुरी दिने ११ जनालाई चेक दिएर मिलापत्र गराएको भए पनि त्यसपछि प्रतीक श्रेष्ठ सम्पर्कमा नै नआएको पीडितहरुको गुनासो छ । प्रतीक श्रेष्ठ र उनका सहयोगी जेम्स चौधरीले हिमालयन बैंक शाखा कार्यालय भरतपुरबाट ५२ करोड रुपैयाँ ऋणमा ९७ वटा सुजुकी गाडी बिक्रीका लागि सोरुममा राखे । ९७ वटै गाडी बिक्री गरी ग्राहकहरुबाट त्यसबापतको भुक्तानी समेत लिए । ग्राहकबाट पैसा लिए पनि गाडी पास गर्न आज भोलि भन्दै झुलाउँदै लगे । ग्राहकबाट पैसा लिएर पनि प्रतीक श्रेष्ठले हिमालयन बैंकको ऋणको साँवा ब्याज नै नतिरेपछि हिमालयन बैंक भरतपुर शाखाले ९७ वटै गाडी लिलाम गर्ने ३५ दिने सूचना निकाल्यो ।
बैंकले लिलामीको सूचना निकालेपछि गाडी खरिद गर्नेहरु आक्रोशित भए । डा. सन्दीप साहसहित ११ जनाले जिल्ला प्रहरी कार्यालय चितवनमा प्रतीक श्रेष्ठका बिरुद्ध ठगीमा उजुरी नै हाले । प्रहरीले श्रेष्ठलाई पक्राउ गर्यो । श्रेष्ठलाई पक्राउ गरिसकेपछि उजुरी दिनेमध्येका डा. सन्दीप साहलाई ३८ लाख रुपैयाँ दिन लगाइयो । र, अरु उजुरीकर्तालाई प्रतीक श्रेष्ठका भाइसहितको रोहबरमा ३ महिनाभित्र गाडी नामसारी गर्नेगरी मिलापत्र गराइयो । कतिपय उजुरीकर्तालाई चेक दिएका प्रतीक प्रहरी कार्यालयबाट छुटेपछि पीडितको सम्पर्कमा आउन नचाहेको पीडितको गुनासोपत्रमा उल्लेख छ । उनी सम्पर्कमा नआएपछि ठगिएकाहरु पैसा फिर्ता हुने कुरामा आशंका प्रकट गर्न थालेका छन् । ग्राहकलाई बिक्री गरिसकेपछि गाडी नामसारी नगर्ने श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनले आर्थिक चलखेलमा छाडेको आरोप छ । श्रेष्ठ प्रहरीको हिरासतबाट मुक्त भएपछि उनका सहयोगी जेम्स चौधरी फरार भएका छन् । चौधरीलाई श्रेष्ठले नै फरार गराएको आरोप छ ।
नेपाल प्रहरीले उत्कृष्ट अधिकृतका रुपमा पुरस्कृत गरेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीमाथि नै प्रतीक श्रेष्ठलाई आर्थिक चलखेलमा छाडेको आरोप लागेको छ । गाडी किनेका तर नामसारी नभएका पीडितहरुको गुनासोपत्रमा १० लाख रुपैयाँको चलखेलमा ठगीमुद्दामा मिलापत्र गराई छाडिएको उल्लेख छ । बैंकिङ कसुर शाखाका सई राम कार्कीको सेटिङमा प्रतीक श्रेष्ठ छुटेको स्रोतले बताएको छ । स्रोतका अनुसार अहिले टोकन स्वरुप १० लाख र पछि थप दिनेगरी ठगी गर्ने श्रेष्ठलाई छाडिएको छ ।
प्रतीक श्रेष्ठलाई छाडिएकोबारेमा एसपी कार्कीले भने–‘प्रतीक श्रेष्ठलाई उजुरी परेपछि पक्राउ गरी म्यादथप गरी मुद्दा चलाइएको हो । उजुरीकर्ता ११ जनामध्ये डा. सन्दीप साहको ३८ लाख फिर्ता गरेको र बाँकी ११ जनाले मिलापत्र गरेकाले उनलाई छाडिएको हो । उजुरीकर्ताहरुले प्रतीकका बाबु, भाइहरुसँग सम्झौता गरेर उजुरी फिर्ता लिएकाले छाडेका हौं । फेरि उजुरी परे पक्राउ परिहाल्छन् ।’
सुजुकीका ९७ वटै गाडी लिलामीको ३५ दिने सूचना निकालिसकिएको छ । ३५ दिन बित्न एक दुई दिन बाँकी रहेको र ऋण असुली प्रक्रियामै रहेको हिमालयन बैंक भरतपुर शाखाका म्यानेजर कविन्द्र पाण्डेले नेपालफेसलाई बताए । म्यानेजर पाण्डेले सुुजुकीका बिक्रेता श्रेष्ठको ऋण रकम बताउन नमिल्ने प्रतिक्रिया दिए ।
बैंकले लिलामी प्रक्रिया अगाडि बढाइसकेको र ३५ दिने सूचनाको म्याद पनि सकिन लागेको छ । यस्तो अवस्थामा ३ महिनाभित्र गाडी नामसारी हुने कुरामा गाडी खरिदकर्ताहरुमा आशंका उत्पन्न भएको छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend