Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • अक्षय कुमारको ‘ओ माइ गड २’ को ट्रेलर सार्वजनिक


    बिहिबार, साउन १८ २०८०
    4.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बलिउड अभिनेता अक्षय कुमार अभिनीत चलचित्र ‘ओ माइ गड २’ को ट्रेलर सार्वजनिक भएको छ।

    आज भायकम १८ स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा पंकज त्रिपाठीलाई आस्तिक र अक्षय कुमारलाई भगवान शिवको सन्देशवाहकको रूपमा प्रस्तुत गरिएको छ।

    यसअघि फिल्ममा अक्षय कुमारलाई भगवान शिवको रूपमा प्रस्तुत गरिने बताइएको थियो। भारतीय फिल्म सेन्सर बोर्डले उक्त कुरामा आपत्ति जनाएपछि उनलाई भगवान शिवको सन्देशवाहकको रूपमा प्रस्तुत गरिएको हो। साथै फिल्ममा केही संवाद र दृश्य पनि परिमार्जन गरिएको छ।

    अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षय र पंकजसँगै यामी गौतमको मुख्य भूमिका छ।

    यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुँदैछ। यहि मितिमा सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर २’ पनि प्रदर्शन हुनेछ।

    सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘ओ माइ गड’ बक्स अफिसमा हिट भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार