काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ गणेश खोला पुल नजिक तीन वटा ट्रक ठोक्किँएको छ। उक्त ट्रक ठोक्किँदा तीन जना घाइते भएका छन् ।
काठमाडौंबाट धादिङको गजुरीतर्फ जाँदै गरेको लु २ ख २५०५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना ७ ख ७८१८ नम्बरको ट्रकलाई र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको ट्रकलाई गएराति १०ः४० बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा लु २ ख २५०५ नं.को ट्रक चालक कपिलबस्तुको वाणगंगा नगरपालिका ९ बस्ने ३५ वर्षीय बिमल थापा र सहचालक २५ वर्षीय सुमन थारु तथा भारतीय नम्बरको ट्रक चालक राजस्थान बस्ने ४७ वर्षीय गिरिराज प्रसाद शर्मा घाइते भएका छन् ।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेटका ट्रक चालकको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम छ । तीनै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा सकुशल रहेका ना ७ ख ७८१८ नम्बरको ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक डबल बहादुर बम नेतृत्वको टोली उद्धारमा खटिएको थियो । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय खानीखोलाबाट अन्दाजी ४ किलोमिटर पश्चिममा पर्दछ ।
दुर्घटनापछि अवरुद्ध भएको सडक गएराति करिब १ बजेदेखि एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend