Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सभामुख पद त्यागेका बाबुरामलाई माओवादी केन्द्रले मन्त्री बनाउने


    बुधबार, साउन १७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर। कोशी प्रदेशको नयाँ सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने निर्णय गरेको छ ।

    उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको माओवादी केन्द्र स्रोतले जनाएको छ।

    माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बाबुराम गौतमलाई पार्टीले सरकारमा पठाउने जानकारी दिए ।

    सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त भएका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । आजै सरकार साझेदार दलबाट सहभागी हुने मन्त्रीले पनि सपथग्रहण गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार