Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महांकाल मन्दिरको भित्तामा ट्यांकर ठोक्किँदा चालकको गम्भीर अवस्था


    सोमबार, साउन १५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहान काठमाडौंको महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् ।

    त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको हो ।

    उक्त दुर्घटनामा ट्यांकर चालक काठमाडौंको बसुन्धरा बस्ने ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् ।

    चालक सिटमै च्यापिएका उनलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टरमा पुर्याएको थियो । उनको उपचार जारी छ ।

    १२ हजार लिटर क्षमताको ठूलो ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार