काठमाडौं । नेपालको कुल जनसंख्याको ४४ प्रतिशत बीमामा समेटिएको ताजा तथ्यांकले देखाएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष (आव) को जेठ मसान्तसम्म ४४ प्रतिशतभन्दा बढी नागरिक बीमाको पहुँचमा छन् ।
वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरा ४४ दशमलव २० प्रतिशत नागरिकसम्म फैलिएको छ । यस्तै वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाहेकको बीमाको दायरामा ३८ दशमलव ९९ प्रतिशत जनसंख्या छ ।
अघिल्लो आवको सोही अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरामा ३९ दशमलव ९५ प्रतिशत जनसंख्या रहेको प्राधिकरणले जानकारी दिएको छ । यस्तै वैदेशिक रोजगार म्यादी जीवन बीमाबाहेक बीमाको दायरा ३७ दशमलव शून्य ४ प्रतिशत जनसंख्यासम्म फैलिएको थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । बीमाको दायरा ४४ दशमलव २० प्रतिशत पगेसंगै बीमाको पहुँचमा एक करोड २८ लाख ९० हजार ७४३ जना नागरिक छन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend