Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बीमा पोलिसी समर्पणबाट झण्डै ९ अर्ब रुपैयाँ फिर्ता


    सोमबार, चैत्र २७ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय नेपालमा बीमा पोलिसी समर्पण (सरेन्डर) गर्ने बीमितको संख्या बढेको छ । पोलिसी सरेन्डर गर्ने बीमितको संख्या बढ्दा चालू आर्थिक वर्षको ८ महीनामै जीवन बीमा कम्पनीहरूले झन्डै ९ अर्ब रुपैयाँ बीमा शुल्क फिर्ता गर्नुपरेको छ ।

    नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा बीमितहरूले पोलिसी सरेन्डर गर्दा बीमा कम्पनीहरूले ८ अर्ब ८५ करोड ५४ लाख रुपैयाँभन्दा रकम फिर्ता गरेका छन् ।

    प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी पोलिसी साउनमा सरेन्डर भएको छ । साउनमा बीमितले पोलिसी सरेन्डर गरेर १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रकम बीमा कम्पनीसँग फिर्ता लिएका छन् । यस्तै फागुनमा १ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क पोलिसी सरेन्डरमार्फत फिर्ता भएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार