काठमाडौं । कोशी प्रदेशमा बहुमतको सरकार गठनका लागि विभिन्न विकल्पहरू रहेका छन् । पहिलो विकल्पका रूपमा सभामुखलाई राजीनामा गर्न लगाएर कांग्रेस नेतृत्वको गठबन्धनले मुख्यमन्त्री दाबी गर्न सक्छ ।
दोस्रो विकल्प कांग्रेस गठबन्धनले नै राप्रपालाई विश्वासमा लिएर सरकार बनाउन सक्छ । तेस्रो विकल्प एमाले-राप्रपा गठबन्धनले कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको नेकपा एस वा जसपालाई आफ्नो पक्षमा पारेर सरकार गठन हुन सक्छ ।
चौथो विकल्प नेकपा एस वा जसपाको नेतृत्वमा एमाले र राप्रपासहितको सरकार गठन हुन सक्छ । त्यस्तै पाँचौँ विकल्पमा एमालेबाट राप्रपालाई अलग गराउन कांग्रेस गठबन्धनले राप्रपाकै नेतृत्वमा सरकार गठन गर्न सक्छ । छैटौँ विकल्पमा एमालेको समर्थनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस वा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्न सक्छ ।
धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन हुन नसके १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतमा सरकार गठन सातौँ विकल्प हुनेछ । प्रदेशसभाको ठुलो दलको हैसियतमा कार्की मुख्यमन्त्री बने उनले एक महिनाभित्र १६८ को ४ अनुसार विश्वासको मत लिनुपर्छ । विश्वासको मत पाउन नसके प्रदेश प्रमुखले १६८ को ५ अनुसार सरकार गठनका लागि आह्वान गर्नेछन्, जुन आठौँ तथा अन्तिम विकल्प हो । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend