काठमाडौँ । उमंग क्रियसनले मिस युनिभर्स नेपाल-२०२३ को आवेदन खुला गरेको छ । सो संस्थाले चौथो संस्करणको मिस युनिभर्सको लागि आवेदन आह्वान गरेको हो ।
आज पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उमंग क्रियसनकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले निवेदन आह्वान गरिएको जानकारी दिएकी छन् । उनका अनुसार यो वर्षदेखि आवेदनमा पनि व्यापक परिवर्तन र फेरबदल गरिएको छ ।
यसअघि मिस युनिभर्सका संस्करणमा तौल र उचाइको मापदण्ड भए पनि यो वर्षदेखि ती दुबै मापदण्ड हटाइएको छ । यो वर्षदेखि विवाहित महिला र आमाहरुले पनि यो प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् ।
प्रतियोगिताका लागि अगष्ट ३ सम्म मिस युनिभर्स नेपालको वेभसाइट र खल्ती एपबाट आवेदन दिन सकिने आयोजक पक्षले जानकारी दिएको छ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend