Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिल्म ‘बगान’ले १० दिनमा ७० लाख कमायो


    मंगलबार, साउन ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। गत असार २९ गते रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको फिल्मका निर्माताले बताएका छन् । फिल्मका निर्माता सुरेश वाग्लेले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो चलचित्रले उन्सत्तरी लाख अठहत्तर हजार एक सय एकानब्बे रुपैयाँ ग्रस कलेक्शन गरेको छ ।

    चलचित्रका निर्माता वाग्लेले वितरक कम्पनीहरू रिच इन्टरटेनमेन्ट, डिसिएन र एफडीले प्रत्येक दिन उपलब्ध गराएको व्यापारिक आँकडा अनुसार कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको बताएका छन् । निर्माता वाग्लेले आफूले वितरकले दिएको हरेक दिनको हिसाबअनुसार नै कारोबार गर्ने हुँदा करिब ७० लाखको रिपोर्ट सार्वजनिक गरिएको बताए ।

    चलचित्र विकास बोर्ड अन्तर्गतको बक्स अफिसमा भने केहि कम कलेक्शन रिपोर्ट देखिन्छ । यसो हुनुमा केहि चलचित्र हलमा बक्स अफिस सिस्टम लागु भईनसकेको, कतिपय हलबाट समयमा नै तथ्याङ्क उपलब्ध हुन नसक्नु र दुरदराजका कतिपय हलमा प्राविधिक समस्या आई सिस्टमबाट टिकट बिक्री गर्न नसकिने समस्या देखिने हुँदा कलेक्शन रिपोर्ट केहि कम देखिने बक्स अफिस अधिकृत प्रविण पाण्डेले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार