काठमाडौँ । मुलुकका विभिन्न ठूला भन्सार नाकाहरुमा महिनौदेखि ४ हजारभन्दा बढी सवारीसाधन रोकिएका छन् । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले विभिन्न कम्पनीका सवारीसाधन ल्याउने व्यवसायीहरुले भन्सारसम्म गाडी ल्याएर पनि जाँचपास नगरेको जानकारी दिए ।
उनका अनुसार जाँचपास नभएर भन्सार नाकाहरुमा रोकिएका सवारीसाधनको संख्या ४ हजार ३० छ। रोकिएका सवारीसाधन जाँचपास गराएको भए सरकारलाई झण्डै ७ अर्ब राजस्व आउने थियो।
यो वर्ष भन्सार राजस्व कम हुनुमा यी सवारीसाधन जाँचपास नहुनु पनि एउटा कारण रहेको उनले बताए । निर्देशक खड्काका अनुसार वीरगञ्ज, भैरहवा, रसुवागढी र चोभार भन्सारमा गरी यो संख्यामा सवारीसाधन रोकिएका हुन् ।
वीरगञ्जमा २ हजार २ सय, भैरहवामा १ हजार ५ सय, रसुवागढीमा ३ सय र चोभारमा करिव ३० वटा गाडी रोकिएका छन्। बैंकहरुले गाडी खरिदमा दिने गरेको अटो लोनमा कडाइ गर्दा व्यवसायीले भन्सारमा गाडी रोकेको हुन सक्ने खड्काले बताए। केही व्यवसायीहरुले आगामी मौद्रिक नीति कुरेर बसेको बताउने गरेको पनि उनले सुनाए
सवारीसाधन बिक्री गर्ने व्यवसायीहरुका अनुसार बजारमा माग कम भएकाले गाडीको भन्सार जाँचपास नगरिएको हो। माग कम हुनुमा धेरै कारण भए पनि चालु मौद्रिक नीतिको व्यवस्था सबैभन्दा ठूलो रहेको उनीहरुको भनाइ छ। अहिले राष्ट्र बैंकले गाडी खरिद गर्ने उपभोक्ताले कुल मूल्यको अनिवार्य रुपमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नपर्ने व्यवस्था गरेको छ। यो समाचार कारोबार दैनिकमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend