Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नर्सलाई बेलायत पठाउन श्रम मन्त्रालयले माग्यो आवेदन


    बिहिबार, साउन ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको छ । नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा एक सय जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो ।

    बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखि आवेदन दिन सक्ने श्रम मन्त्रालय र बेलायती दूतावास काठमाडौंले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोट्रल समेत बनाएको छ ।

    बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्ने छन् । सरकारले ‘गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी) प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउने भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार