Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिल्म ‘एक भगवत् गीता’को टिजर सार्वजनिक


    शुक्रबार, असार २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आगामी भदौ २९ लाई प्रदर्शन मिति घोषणा गरेको नेपाली चलचित्र ‘एक भगवत गीता’को टिजर सार्वजनिक भएको छ । बारम्बार नाम परिवर्तन भएको टिजरमा विपिन कार्की अल्पसंख्यकको चरित्रमा छन् । टिजरभरि उनी नै छाएका छन् ।

    टिजरमा धिरज मगरको उपस्थिति भने शून्य छ । उनी दर्शकले ठम्याउन नसक्ने गरी एक दृश्यमा छन् । उनको भागको सुटिङ बाँकी रहेका कारण पनि उनले टिजरमा कम स्थान पाएको आँकलन गर्न सकिन्छ । फिल्मको बाँकी सुटिङ साउनको पहिलो हप्ताबाट सुरु हुने बताइएको छ ।

    जनकपुरको परिवेशमा खिचिएको फिल्मको सुरुवाती नाम ‘भागवत गीता’ थियो । हिन्दुवादी संगठनले विरोध जनाएपछि फिल्मको नाम परिवर्तन गरी ‘भगवत् गीता’ बनाइएको थियो । टिजर आउँदासम्म फिल्मको अगाडि एक थपिएको छ ।

    झरना थापाको निर्देशन रहेको यस फिल्ममा कवीर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर र धीरज ठाकुरको पनि अभिनय छ । सुनिलकुमार थापाको निर्माण रहेको फिल्मको कथालाई झरनाको हो भने पटकथा लेखनमा उनले सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको सहायता लिएकी छिन् ।

    फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार