काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खडकाले नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने जिल्लादेखि नै संरचना फेरवदल गर्नुपर्ने बेला आएको बताएका छन्।
आज समाजिक सञ्चालमा भिडियो पोस्ट गर्दै उनले नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने जिल्लादेखि नै संरचना फेरवदल गर्नुपर्ने बेला आएको दाबी गरेका हुन्।
‘नेपाल क्रिकेट संघको विधानले दिएको हक अधिकार प्रयोग गरेर जिल्लादेखि नै असल/राम्रो नेतृत्व छानेर यहाँहरूले नेपाली क्रिकेटलाई ठूलो उर्जा दिन सक्नुहुनेछ। नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने जिल्लादेखि नै हाम्रो संरचना फेरवदल गर्नु पर्ने बेला आइसकेको छ। त्यसैले सबै स्टेकहोल्डरलाई नेपाल क्रिकेटको विधान र आचारसंहिता लागू हुने गरी आआफ्नो सदस्यता नवीकरण गरेर जिल्ला क्रिकेट संघको चुनावमा भाग लिएर नेपाली क्रिकेटलाई अगाडि बढाउनलाई महत्वपूर्ण भूमिका खेल्न हुन व्यक्तिगत रूपमा हार्दिक अनुरोध गर्दछु,’ पारसले भनेका छन्।
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend