काठमाडौँ । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
गैरकानूनी रुपमा उत्खनन गरी माटो स्थानीय इँटा उद्योगहरूलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, न्यु भगवती इँटा उद्योगका मेनेजर राजेन्द्र बहादुर भाट र सिद्ध वैजनाथका प्रोपाइटर धनबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
‘आर्थिक वर्ष २०७६/०७७ मा र आ.व. २०७७/०७८ मा माटो उत्खनन गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची-६ र सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची-६ ले तोके बमोजिमको करबापतको माटोको जम्मा रकम रु.७,२९,५१४.५० (सात लाख उनन्तीस हजार पाँच सय चौध रुपैयाँ पचास पैसा) बराबरको सरकारी रकम हिनामिना/हानि नोक्सानी गरेको पाइएको हुँदा उक्त भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेका देहायबमोजिमका प्रतिवादीहरू उपर देहायबमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छ’, अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले राना र बोहरासँग सात लाख उनन्तीस हजार पाँच सय चौध रुपैयाँ पचास पैसा, भाटसँग ४ लाख ११ हजार ६०६ र विष्टसँग ३ लाख १७ हजार ९०८ रुपैयाँ ५० पैसा माग गरिएको अख्तियारले जनाएको छ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend