Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजदेखि साउने सोमबारको व्रत सुरू, पशुपतिमा भक्तजनको भीड


    सोमबार, असार २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आज (सोमबार) देखि व्रत सुरू भएको हो।

    पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ ।

    चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।

    साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि पशुपति क्षेत्र बिकास कोषले जनाएको छ ।

    चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार