काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । बोर्डले विभिन्न धारका ८३ विषयमा परीक्षा सञ्चालन गरेको थियो । बोर्डले एसइईको नतिजा बिहीबार सार्वजनिक गरेको थियो । विद्यार्थीले ६७ वटा विषयमा ‘ए प्लस’ प्राप्त गरेका छन् । ‘ए प्लस’ प्राप्त नगरेका सबै विषय ऐच्छिक हुन् ।
नतिजा अनुसार वातावरण विज्ञान, समाजशास्त्र, नेवारी, उर्दु, संस्कृत भाषा र साहित्य, इलेक्टिभ अङ्ग्रेजी, नीतिशास्त्र, वेद (शुक्ल आयुर्वेद), न्याय, भूगोल, अङ्ग्रेजी, फलित ज्योतिष, तर्क सङ्ग्रह, पत्रकारिता विषयमा कसैले पनि ‘ए प्लस’ प्राप्त गर्न सकेनन् । बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार विषयगत रूपमा नौ वटा ग्रेड निर्धारण गरेर नतिजा प्रकाशन गरेको छ । परीक्षाको प्राप्ताङ्कलाई विषयगत रूपमा ‘ए प्लस’ देखि ‘ई’ ग्रेडसम्म वर्गीकरण गरेको छ ।
‘ए प्लस’ प्राप्त नगरेका विषयमा विद्यार्थीले तल्लो ग्रेड मात्रै प्राप्त गरेका छन् । सङ्गीत, ज्योतिष, खाद्य विज्ञानलगायतका विषयमा विद्यार्थीले माथिल्लो ग्रेड मात्रै प्राप्त गरेका छन् । ऐच्छिक द्वितीयपत्र कम्प्युटर विज्ञानका परीक्षार्थीले सबैभन्दा धेरै अर्थात् ३१ हजार ८७२ जनाले ‘ए प्लस’ प्राप्त गरेका छन् । त्यस्तै अनिवार्य विषयतर्फ स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयमा २२ हजार ५७४ जनाले ‘ए प्लस’ प्राप्त गरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend