विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आज (बिहीबार) दाबी पेश गर्ने भएका छन् ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुको पनि समर्थन लिएर थापा आज साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जान लागेका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार साढे ४ बजे थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए । उनले सभामुखसहित ४७ जना सांसदको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भएको पनि बताए ।
कोशी प्रदेशसभाका ९३ सांसदमध्ये कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन थापालाई छ । कांग्रेसले राप्रपाको पनि समर्थन लिने प्रयास गरे पनि सफल हुन भने सकेन ।
कांग्रेसका एक सांसदले पनि राप्रपाले सहयोग गर्न नमानेको पुष्टि गरे । ‘राप्रपाले तत्काल सहयोग गर्न मानेन, विश्वासको मत लिने दिनसम्म हेरौं’, कांग्रेसका एक सांसदले भने,‘पुरानो सम्बन्ध बिर्सिएर राप्रपाले सहयोग गर्यो भने सरकार टिक्छ नत्र ३० दिनपछि ढल्छ ।’
बिहीबार गठबन्धनको तर्फबाट सभामुखसहित ४७ समर्थन देखाएपछि प्रदेश प्रमुख खापुङले कांग्रेस नेता थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । थापाको शपथ ग्रहण र मन्त्रिरिषद विस्तार भने शुक्रबार हुनेछ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend