काठमाडौँ। श्री एयरलाइन्सले प्राविधिक परीक्षणका लागि भन्दै आइतबार सबै उडान स्थगित गरेको थियो।
उक्त प्राविधिक चेकजाँच पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका तीनवटा जहाजलाई नियमित उडान गर्न अनुमति दिएको छ।
प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले प्राविधिक निरीक्षणपछि सोमबार बिहान श्री एयरलाइन्सका दुइटा बमबार्डियर ड्यास क्यू–४०० र एउटा बमबार्डियर सिआरजे गरी तीन वटा जहाज उडानयोग्य रहेको जनाउँदै उडान अनुमति दिएको हो।
यससँगै श्रीका तीनवटै जहाजले विभिन्न गन्तव्यमा उडान गरिहरेको एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले बताए।
‘प्राविधिक चेकजाँच पछि तीनवटा जहाज बिहानैबाट उडान गरिरहेका छन्’ उनले भने, ‘एउटा जहाज निरीक्षणका लागि ग्राउन्डेड नै छ। सम्भवतः भोलिबाट नियमित उडान गर्नेछ।’
गत शनिबार काठमाडौंबाट ३:३० बजे उडेको जहाजमा प्राविधिक समस्या देखिएका कारण धनगढीमा अवतरण हुन नसकेपछि डेढ घण्टामा पुनः काठमाडौं नै फर्किएको थियो।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend