Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौंडामा बस दुर्घटना, ३७ जना घाइते


    शुक्रबार, असार १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा । मकवानपुुको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

    नारायणगढबाट जनकपुर जाँदै गरेको उक्त बस अनियन्त्रित भइ सडकबाट करिव १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए । उनका अनुसार घाइते १० जनाको हेटौंडा–११ स्थित चुरेहिल अस्पताल २७ जनालाई हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

    घाइते मध्ये एक जनाको अवस्था भने गम्भिर रहेको उनले बताए । उक्त दुर्घटनाका विषयमा थप विवरण खुल्न बाँकी रहेको उनको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार