काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटार नजिक विङ्गर गाडी दुर्घटना भएको छ। उक्त गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
काठमाडौंबाट सिन्धुली जाँदै गरेको मधेश प्रदेश ०२–००१ ज ००४२ नम्बरको गाडी आज बिहान १० बजेर ४० मिनेट जाँदा आफैं अनियन्त्रित भइ नालीमा खसेको थियो ।
सो गाडीमा सवार १० जना मध्ये सात जना घाइते भएका र उनीहरु सबैको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–१ की १८ वर्षीया शोभा घिमिरे, कमलामाई नगरपालिका–२ की १९ वर्षीया सन्ध्या घिमिरे, सिन्धुलीको गोलन्जर गाउँपालिका–४ का ६५ वर्षीय तेजबहादुर बस्याल, गोलन्जर–१ का २१ वर्षीय रामधोज पाख्रिन, मोरङको विराटनगर महानगरपालिका–१२ का ३२ वर्षीय सत्य प्रकाश ठाकुर, महोत्तरीको गौशाला नगरपालिका–४ का ६१ वर्षीय पर्शुराम ठाकुर र काठमाडौंका ३८ वर्षीय महेश डंगोल छन् ।
घाइतेहरुमध्ये शोभा र सन्ध्या घिमिरेको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको सिन्धुली प्रहरीले जनाएको छ ।
यसैबीच सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ धराफाँट बस्ने २० वर्षीया देवी कुमारी योञ्जनको करेन्ट लागेर मृत्यु भएको छ । पानी तान्ने मोटरको स्वीच अन गर्ने क्रममा उनलाई असार १३ गते करेन्ट लागेकोमा उपचारको क्रममा असार १५ गते बिहान १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend