Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • ‘परस्त्री’ को हिन्दी भर्सन नेपालमा रिलिज नहुने


    मंगलबार, असार १२ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । चलचित्र ‘परस्त्री’ को हिन्दी भर्सन नेपालमा रिलिज नहुने भएको छ । निर्देशक सुरज पाण्डेले हिन्दी संस्करण भारतमा मात्र प्रदर्शन हुने जानकारी दिए ।

    नेपाली र हिन्दी गरेर दुई भाषामा निर्माण भएको फिल्म केही अगाडि भारतमा हिन्दी र नेपालमा हिन्दी, नेपाली दुबै रिलिज हुने बताइएको भए पनि अहिले आएर निर्माण युनिटले नेपालमा हिन्दी रिलिज नहुने जानकारी दिएको हो ।

    फिल्मको हिन्दी रिलिजका लागि मुम्बईमा रहेका निर्देशक पाण्डेले फेसबुकमा लेखेका छन्, ‘हामीले निर्माण गरेको नेपाली र हिन्दी भाषाको चलचित्र ‘परस्त्री’ यही असार १५ गतेदेखि नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने कुरा हाम्रा दर्शकहरुलाई जानकारी गराउन चाहन्छु । साथै हिन्दी भाषामा रहेको ‘परस्त्री’को संस्करण भारतमा मात्रै प्रदर्शन हुनेछ भने नेपाली भाषामा रहेको ‘परस्त्री’ नेपालमा प्रदर्शन हुनेछ ।’

    फिल्ममा शिल्पा मास्के, गौरव विष्ट, कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय छ ।

    शर्मिला पाण्डे र दीपेन्द्र के खनाल निर्माता रहेको फिल्मलाई निरज कँडेलले खिचेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार