Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • सिन्धुलीमा बाढीपहिरो, ३१ घरमा क्षति


    शनिबार, असार ९ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिन्धुली। बाढी र पहिरोबाट सिन्धुलीको गोलञ्जोर गाउँपालिका-२ बितिजोरमा ३१ घरमा क्षति पुगेको छ।

    आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याड र खेत समेत बगाएको छ। बाढीपहिरोबाट पशु चौपाया र कुखुरा पनि नष्ट भएको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए।

    लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार