काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेसजस्तो देखिने पदार्थ ४ केजी ७५० ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका-४ ठेगाना भएका २५ वर्षीय सुमन लिम्बू रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
एयर इन्डियाको उडानद्वारा काठमाडौँबाट नयाँदिल्ली हुँदै ओमन जान लागेका उनलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको लगेजभित्रबाट उक्त सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फल्स बटन बनाई सेतो प्लाष्टिकले बेरिएको अवस्थामा बिस्कुट आकृति बनाएको र लगेजभित्र रहेको सनपापडीको दुई वटा प्याकेट समेतमा गरी उक्त परिमाणको लागुऔषध लुकाइछिपाइ लैजाँदै गर्दा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ।
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend