काठमाडौँ। पोखरामा नेपाल-चीन फेन्डसिप ड्रागनबोट रेस फेस्टिभल (डुंगा कुदाउने प्रतियोगिता) सुरु भएको छ।
उक्त चिनियाँ ‘ड्रागन बोट रेस’ महोत्सवले पोखराको फेवातालमा छुट्टै रौनक छाएको छ।
हातमा नेपाल र चीनको झन्डा बोकेर सयौंको संख्यामा नागरिक फेवाताल छेउ उपस्थित छन्। चिनियाँ नागरिक र स्थानीयको बाग्लो उपस्थितिले फेवाको रौनक बेग्लै छ।
पोखराको फेवातालमा शुक्रबारदेखि ‘नेपाल-चाइना फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिभल’ शुरू भएको छ। महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, पोखराका मेयर धनराज आचार्यसँगै चीनबाट आएका चार जना मेयर-उपमेयरले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
प्रतियोगितामा आठ टोली सिचुवान ड्रागनबोट, युवान बोट, एसजी ड्रागन बोट (सिङ्गापुर), चाइना-नेपाल फ्रेन्डसीप ड्रागन बोट (पोखरा), नारा ड्रागन बोट (नेपाल), एनआरसीए बोट (नेपाल), फेवा ड्रागन बोट (नेपाल) र पोखरा महानगर ड्रागन बोट टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
डुंगा दौड अन्तरगत पाँच सय र दुई सय मिटरको दूरीमा हुने प्रतियोगिता शुक्रबारदेखि शुरू भएको छ। फेवाताल क्याम्पिङचोकमा शुरू प्रतियोगिता शनिबारसम्म चल्नेछ। प्रतियोगितामा पाँच सय मिटरतर्फ विजेताले नगद पाँच लाख, उपविजेताले नगद तीन लाख र तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन्।
त्यस्तै, दुई सय मिटर दौडतर्फ विजेताले नगद तीन लाख, उपविजेताले नगद दुई लाख र तेस्रो हुनेले एक लाख पुरस्कार पाउनेछन्।
प्रतियोगिताका लागि चीनबाटै केरुङ नाका हुँदै आठवटा विशेष खालका बोट तथा अन्य आवश्यक सामग्री ल्याइएको छ। प्रतियोगितापछि बोट पोखरा महानगरलाई नै हस्तानन्तरण गरिनेछ।

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend