Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • रविना देशराजले गरिन् धुमधामका साथ विवाह


    शुक्रबार, असार ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सेलिब्रेटी बैंकर रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । ५३ बर्षिय रविनाले बेलायती प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन्।

    रविनाले आफ्ना छोराहरु आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशीको अनुमतिमा विवाह गरेको बताएकी छन् ।

    बिहीबार काठमाडौंको एक रिसोर्टमा भएको उक्त विवाह समारोहमा आयुष्मान र आशिरमानले बेहुलीको भेषमा सजिएकी आफ्नी आमालाई साथमा लिएर मण्डप पुर्‍याएका थिए ।

    केही दिनअघि रविनाको निजी निवासमा मेहन्दी सेरेमनी भएको थियो । आमाको विवाहमा आयुष्मान र आशिरमान दुवै हर्षित देखिएका छन् ।

    मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि गत पुषमा सामाजिक सञ्जालबाट प्रेमी सार्वजनिक गरेकी रविनाले गत फागुनमा प्रेमी च्यापम्यानसँग काठमाडौंको एक पाँचतारे होटलमा इन्गेजमेन्ट गरेकी थिइन् ।

    रविनाका श्रीमान् च्यापम्यान बेलायती नागरिक हुन् । उनी लामो समयदेखि विश्व वन्यजन्तु कोषमा आबद्ध छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार