काठमाडौं । पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ। जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको हो ।
प्राधिकरणका अनुसार गत वैशाखमा मात्रै जीवन बीमा कम्पनीबाट एक अर्ब ३० करोड ८६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । चैत र वैशाखलाई तुलना गर्ने हो भने वैशाखमा सरेण्डर हुने पोलिसी संख्या र रकम दुवै बढेको छ ।
वैशाखमा मात्रै १५ जीवन बीमा कम्पनीमा १० हजार ७ सय ९७ वटा बीमालेख सरेण्डर भएको छ । चैतमा ९ हजार ३ सय ५८ वटा बीमालेख सरेण्डर भएको थियो, जुन एक अर्ब १८ करोड रुपैयाँबराबरको थियो।
वैशाखमा बीमा सरेण्डर बढी हुने कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ। नेपाल लाइफको ३१ करोड ९८ लाख रुपैयाँको १ हजार ४८३ वटा बीमालेख सरेण्डर भएको छ। यस्तै, एसियन लाइफको ३१ करोड ८५ लाख रुपैयाँको सरेण्डर भएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसनको १५ करोड ८५ लाख ་ रुपैयाँको १ हजार ४८३ बीमालेख सरेण्डर भएको छ भने राष्ट्रिय बीमा संस्थानको १० करोड ३४ लाख रुपैयाँको १ हजार ४४२ वटा बीमालेख सरेण्डर भएको छ।
हिमालयन लाइफ इन्स्योरेन्सको १० करोड २९ लाख रुपैयाँबराबरको ५७७ वटा बीमालेख सरेण्डर हुँदा प्रभु लाइफको ८ करोड ५८ लाख रुपैयाँको बीमा सरेण्डर भएको छ। नेशनल लाइफ इन्स्योरेन्सको ७ करोड ८७ लाख रुपैयाँबराबरको, सूर्यज्योति लाइफको ६ करोड न रुपैयाँको र मेटलाइफको ३ करोड २० लाख रुपैयाँको बीमालेख सरेण्डर भएको छ। यो समाचार कारोबार दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend