काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्थाका सीईओ र डेपुटी सीईओहरुले ब्याज र किस्ता समयमा हाल्न थोरै पनि बिलम्ब गरेमा तनाव दिने, धितो लिलाम गर्नेमात्र होइन, महिलाहरुमाथि शोषण गर्ने गरेको आरोप सार्वजनिक रुपमै लगाउँदैआएका छन् ।
१०–२० लाख ऋण लिंदा करोडौंको सम्पत्ति धितो राखिएको हुन्छ । अलिकति समय किस्ता र ब्याज तिर्न ढिला गरेमा त्यो धितो लिलाम गर्ने र ब्यवसाय गर्नेहरुलाई आत्महत्या गर्न बाध्य बनाउने गरेको प्रसाईको आरोप छ ।
यसैक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण लिएकी एक महिला उद्यमीले आफूमाथि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ )ले अभद्र ब्यवहार गरेको भन्दै राष्ट्रिय महिला आयोगमा कारबाहीको माग गर्दै उजुरी दिएकी छन् । महिला उद्यमी शर्मिला (नाम परिवर्तन) ले सामान निर्यातका लागि स्वीकृत भइसकेको ऋण लिन जाँदा आफूमाथि नेपाल इन्भेष्टमेन्ट बैंकका डीसीईओ महेश शर्मा ढकालले अभद्र ब्यवहार गरेको उजुरी महिला आयोगमा दिएकी हुन् ।
३ वटा कम्पनीकी संचालक शर्मिलाले नेपाल इन्भेष्टमेन्ट बैंकका डेपुटी सीईओ महेश शर्मा ढकालमाथि संगीन आरोप लगाउँदै उजुरी दिएकी हुन् । उनले २०८० असार ३ गते आयोगमा उजुरी दिएकी छन् । महिला आयोगले उनको उजुरीका बारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत जानकारी गराइसकेको छ ।
शर्मिलाको उजुरीमा उल्लेख छ–‘ मैले ३ वटा कम्पनी संचालन गर्दैआएको छु । यी तीनै कम्पनीले इन्भेष्टमेन्ट बैंकबाट कारोबार गर्दैआएका छन् । व्यवसायकै क्रममा साविक इन्भेष्टमेन्ट बैंकसँग मेरो करीब ६५ करोड बराबरको कारोबार रहेको छ । मैले संचालन गरी आएको कम्पनीको कारोबार लगायत मेरो कर्जा नियमित गर्दै आएको छु । नेपाल इन्भेष्टमेन्ट बैंक लि. बाट पहिलो पटक रु ८ करोड ७८ लाख ९५ हजार सामान निर्यात गर्ने प्रयोजनको लागि र सो पश्चात् ४ करोड स्थिर सम्पति खरिद लगानी गर्ने प्रयोजनका लागि ऋण स्वीकृत भएको थियो ।
उक्त ऋण स्वीकृत भएपश्चात् नेपाल इन्भेष्टमेन्ट बैंक र मेघा बैंक मर्जरको प्रक्रियामा रहेको कारणबाट कर्जा प्रवाह भएको थिएन । उल्लेखित दुबै बैंकहरु एक आपसमा मर्ज भए पश्चात् महेश शर्मा ढकाल नेपाल इन्भेष्टमेण्ट मेघा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ ) भएर आउनुभयो । त्यसपछि उनलाई सम्पर्क गरी भएको व्यहोरा अवगत गराउने विचार राखी ढकाललाई भेट्न उनको कार्यकक्षमा गएँ ।
कार्यकक्षमा प्रवेश गरेपछि उनले ‘तपाई मसँग सम्पर्कमा रहिरहनुहोला भनी आश्वासन दिएको हुँदा ढकालको विश्वासमा परी २०७९ चैत २९ गते अन्दाजी २ बजेको समयमा फेरि उनलाई भेट्न गएँ । उनले ‘तपाईंको कर्जा चाँडै स्वीकृत हुँदैछ । त्यसका लागि मैले भनेको काम गर्नुपर्दछ भनी म बसेको ठाँउमा नजिक आई गलत मनसायले अभद्र व्यवहार गरेकाले किन यस्तो प्रकारको कार्य गर्न खोज्नुभएको हो । यस्तो गलत कार्य नगर्नुहोस् तपाई जस्तो ओहदामा बसेको व्यक्तिले अनैतिक व्यवहार गर्न मिल्दैन भने । त्यसपछि उनले भने–‘मैले भनेको नमानेमा तिम्रो काम हुँदैन, हामीसँग सम्पर्क नबढाएमा अर्थात् हामीले बोलाएको स्थानमा नआई हामीले भनेको नमानेमा जे पनि हुन सक्छ भन्ने धम्कीपूर्ण भाषा प्रयोग गालीगाली गलौज समेत गरी अभद्र व्यवहार गरे । बैंकमा ऋणका लागि जाने म जस्तो उद्यमी महिलालाई यस्तो ब्यवहार गर्ने ढकाललाई पक्राउ गरी कानूनी बमोजिम कारबाही गरी हदैसम्मको सजाय समेत गरी पाउन सम्बन्धित निकायमा जो चाहिने आवश्यक निर्देशन जारी गरी पाउँ ।’
शर्मिलाले अभद्र ब्यवहार गरेको आरोप लगाउँदै महिला आयोगमा दिएको उजुरीका बारेमा नेपाल इन्भेष्टमेन्ट बैंकका डेपुटी सीईओ महेश शर्मा ढकालको प्रतिक्रिया यस्तो छ–म त मर्जपछि आएको हुँ । इन्भेष्टमेन्ट बैंकबाट शर्मिलाले ऋण लिएपछि किस्ता र ब्याज नै नतिरेको अवस्था रहेछ । बैंकलाई दुःख दिने गर्नुभएको रहेछ । उहाँले लिएको ऋण नतिरेपछि निस्क्रिय कर्जामा परेको छ । उहाँलाई बोलाएर ऋण तिर्नुस्, ऋण तिरे यही बैंकमा कारोबार गर्नसक्नुहुन्छ, यहाँ नगरे अर्को बैंकमा कारोबार गर्ने वातावरण हुन्छ । कर्जा सूचना केन्द्रमा जानकारी पठाइसकेपछि अर्को बैंकमा जान गाह्रो हुन्छ ।
कर्जा नियमित राख्नुुस् भनेर सम्झाएको हुँ । उहाँले नै एक जनालाई फोन गराएर भेट्न खोज्नुभएको थियो । उहाँ एकदम विचलित जस्तो देखिनुभएको छ । राष्ट्रबैंकमा जाने, नेताहरुकोमा पुग्ने गर्नुभएको, फोन गराउने गर्दैआउनुभएको छ । उहाँलाई सहजीकरण गर्नका लागि सम्झाएको हो । एक हप्ताभित्र पैसा तिर्छु भनेर जानुभएको मानिस ऋण नतिर्नका लागि यस्ता काल्पनिक कुरा उल्लेख गरी उजुरी हालेर हुन्छ ? अहिले प्रविधिको जमानामा झुटो कुरा परीक्षण गरे तुरुन्तै थाहा भइहाल्छ ।’
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend