Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कान्ति लोकपथमा कार दुर्घटना हुँदा चालकको मृत्यु


    मंगलबार, असार ५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हेटौंडा-काठमाडौं छोटो दूरीको कान्ति लोकपथअन्तर्गत भीमफेदी गाउँपालिका-८ गंगटेमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा कार चालक हेटौंडा-३ बसामाडीका ३० वर्षीय विवेक लामा रहेका छन् । प्रहरीका अनुसार बीसीए ०५३७ नम्बरको कार अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटना परी कारमा सवार भीमफेदी गाउँपालिका-५ का ४५ वर्षीय राजकुमार बल घाइते भएका छन् । बलको उपचारको लागि हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार