काठमाडौँ। पूर्व बैंकर रविना देशराज श्रेष्ठले विवाह गर्दैछिन्।
सेलेब्रेटी बैंकरको रूपमा चिनिएकी उनले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गर्न लागेकी हुन्। स्टुआर्ट बेलायती नागरिक हुन्। उनी विश्व वन्यजन्तु कोषमा कार्यरत छन्।
रवीनाले सामाजिक सञ्जालमा आफ्नो मेहेन्दी समारोहका केही तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ यात्रा सुरू गरेको बताएकी छन्।
‘मेरो व्यक्तिगत जीवनको नयाँ यात्रा धेरै महिनाअघि सुरू भयो र मैले साँच्चै अनुभव गरें कि जब मानिसहरूले ‘जब तपाईलाई थाहा छ, तपाईलाई मात्र थाहा छ’ भन्नुको अर्थ के हो। त्यसपछि जीवनका मुख्य निर्णयहरू लिनु स्वाभाविक रूपमा आउँछ। मेरो अहिलेसम्मको यात्रा यस्तै थियो र अब मलाई थाहा छ कि म जीवनको यात्रामा एक्लो छैन,’ उनले लेखेकी छन्,’
‘मेरो छेउमा मेरो एक जना साथी, सहयात्री र माया रहनेछन्। तिमीलाई पाउँदा आफूलाई भाग्यमानी ठान्छु र अबका धेरै वर्ष तिमीसँग बिताउनका लागि उत्साहित छु। हामीले अब हाम्रो जीवनलाई अघि बढाउन सक्छौँ तर छोराछोरीको साथ र समर्थनले यो यात्रालाई थप पूर्णता दिएको छ।’
उनीहरूको मेहेन्दी समारोहमा रवीनाका छोरा आयुष्मान, आर्शिमान, बुहारी प्रियंका कार्की, नातिनी, स्टुआर्टकी छोरीलगायतको उपस्थिति थियो। तर उनीहरूले विवाह मिति सार्वजनिक गरेकी छैनन्।
उनीहरूले गतवर्ष प्रेम दिवसको अवसरमा इन्गेजमेन्ट गरेका थिए।





काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend