काठमाडौँ। पूर्व बैंकर रविना देशराज श्रेष्ठले विवाह गर्दैछिन्।
सेलेब्रेटी बैंकरको रूपमा चिनिएकी उनले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गर्न लागेकी हुन्। स्टुआर्ट बेलायती नागरिक हुन्। उनी विश्व वन्यजन्तु कोषमा कार्यरत छन्।
रवीनाले सामाजिक सञ्जालमा आफ्नो मेहेन्दी समारोहका केही तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ यात्रा सुरू गरेको बताएकी छन्।
‘मेरो व्यक्तिगत जीवनको नयाँ यात्रा धेरै महिनाअघि सुरू भयो र मैले साँच्चै अनुभव गरें कि जब मानिसहरूले ‘जब तपाईलाई थाहा छ, तपाईलाई मात्र थाहा छ’ भन्नुको अर्थ के हो। त्यसपछि जीवनका मुख्य निर्णयहरू लिनु स्वाभाविक रूपमा आउँछ। मेरो अहिलेसम्मको यात्रा यस्तै थियो र अब मलाई थाहा छ कि म जीवनको यात्रामा एक्लो छैन,’ उनले लेखेकी छन्,’
‘मेरो छेउमा मेरो एक जना साथी, सहयात्री र माया रहनेछन्। तिमीलाई पाउँदा आफूलाई भाग्यमानी ठान्छु र अबका धेरै वर्ष तिमीसँग बिताउनका लागि उत्साहित छु। हामीले अब हाम्रो जीवनलाई अघि बढाउन सक्छौँ तर छोराछोरीको साथ र समर्थनले यो यात्रालाई थप पूर्णता दिएको छ।’
उनीहरूको मेहेन्दी समारोहमा रवीनाका छोरा आयुष्मान, आर्शिमान, बुहारी प्रियंका कार्की, नातिनी, स्टुआर्टकी छोरीलगायतको उपस्थिति थियो। तर उनीहरूले विवाह मिति सार्वजनिक गरेकी छैनन्।
उनीहरूले गतवर्ष प्रेम दिवसको अवसरमा इन्गेजमेन्ट गरेका थिए।





काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend