Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा पुगे प्रधानमन्त्री प्रचण्ड


    सोमबार, असार ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि सङ्खुवासभा पुगेका छन्।

    आज (सोमबार)दिउँसो संखुवासभाको तुम्लिङटार पुगेर प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

    अवलोकनमा पुगेका प्रधानामन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए ।

    उनले उद्दार, राहत र बेपत्ताहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिँदै स्वयंसेवी संघसंस्थामा अपिल पनि गरे ।

    प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रिज, घरबार विहीनलाई तत्काल स्थानान्तरण र भोलिको लागि आवासको व्यवस्था मिलाउन सरकारले तदारूकताका साथ काम गर्ने बताए ।

    ‘म अस्ति मात्र मेलम्ची गएको थिएँ । त्यहा जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो,’ उनले भने ।

    उनीसँगै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालगायत पनि छन् ।

    प्रधानमन्त्री आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपराह्न काठमाडौं फर्किने छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार