विराटनगर । भारी वर्षासँगै कोसी प्रदेशका हिमाली र पहाडी जिल्लामा आएको बाढीपहिरोमा परी हालसम्म ८ जनाको मृत्यु भएको छ भने उक्त घटनामा परी नौजना घाइते भएका छन् । २८ जना बेपत्ता छन् ।
गएको शनिबारयताको बाढीपहिरोमा परी सातजनाको मृत्यु पुष्टि भएको कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ताप्लेजुङमा तीन, पाँचथरमा दुई, भोजपुर र संखुवासभामा एक÷एकजनाको मृत्यु भएको छ । तीमध्ये पाँचजना पहिरोमा पुरिएका थिए । दुईजनालाई खोलाले बगाएको मन्त्रालयले जनाएको छ ।
कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार ज्यान गुमाउनेमा भोजपुरको ट्याम्केमयुम–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका–९ का २६ वर्षीय सन्तोष राई, पाँचथरको फालेलुङ–४ का आठ वर्षीया जुना साउदेन, पाँचथरकै फिदिम–११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङको फिदिङ्वा–६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र सोही ठाउँका ३६ वर्षीय सुरेश राई छन् ।
यस्तै, धनकुटास्थित तमोर नदीमा पाँचथरकी २५ वर्षीया एलिसा माझीको शव फेलापरेको प्रहरीले जनाएको छ ।
कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङबोको नेतृत्वमा सुरक्षा अधिकारी सम्मिलित टोलीले आइतबार बाढीपहिरो प्रभावित जिल्लाको हेलिकोप्टरबाट निरीक्षण गरेको थियो ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend