Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • यस्तो छ राष्ट्रपतिको स्वास्थ्य अवस्था


    मंगलबार, जेष्ठ ३० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ । मंगलबार बिहान मुटुमा समस्या आएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेललाई भोलि मात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको हो।

    अस्पतालका कार्यकारी निर्देश चन्दमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई २४ घण्टा अवलोकनमा राखी भोलि डिस्चार्ज गर्ने जानकारी दिए ।

    ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षणको क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुनु भएको र उहाँलाई चिकित्सकहरुको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकन (अबजर्वेसन) मा राखी भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको जानकारी गराउँदछौं’ विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार