काठमाडौं । अभिनेता रजनीकान्त र अमिताभ बच्चन क्रमशः साउथ र हिन्दी फिल्म उद्योगका मेगास्टार हुन् । भारतीय फिल्मका यी दुई दिग्गज अभिनेता अमिताभ बच्चन र रजनीकान्त ३२ वर्षपछि एउटै फिल्ममा देखिने भएका छन् । मिडिया रिपोर्टका अनुसार अमिताभ बच्चनले रजनीकान्तको आगामी फिल्म ‘थलाइवर १७०’मा केमियो गर्न सक्छन् ।
रजनीकान्त अहिले आफ्नो फिल्म ‘जेलर’को सुटिङमा व्यस्त छन् । यी फिल्मपछि रजनीकान्त निर्देशक टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’ मा देखिनेछन् । यो फिल्म रजनीकान्तको करिअरको १७० औं फिल्म हो र अर्को वर्ष रिलिज हुनेछ । फिल्ममा अमिताभ बच्चनसँगै तमिल अभिनेता सूर्याको केमियो पनि देख्न सकिन्छ ।
विवरणअनुसार यसअघि फिल्म निर्माताले पीएस-२ अभिनेता विक्रमलाई फिल्ममा केमियो रोल अफर गरेका थिए । तर अब यो भूमिका बिग बीलाई अफर गरिएको छ । यद्यपि, यसबारे आधिकारिक पुष्टि भने आउन बाँकी छ । अमिताभ बच्चन र रजनीकान्त पछिल्लो पटक सन् १९९१ को एक्सन ड्रामा ‘हम’मा सँगै देखिएका थिए ।
रिपोर्टका अनुसार ‘थलाइवर १७०’ सत्य घटनामा आधारित फिल्म हुनेछ । फिल्मलाई लाइका प्रोडक्सनले निर्माण गर्दैछ । फिल्ममा अनिरुद्ध रविचन्द्रले संगीत दिनेछन् । फिल्ममा रजनीकान्त प्रहरी अफिसरको भूमिकामा देखिनेछन् । रजनीकान्त चाँडै नै निर्देशक नेल्सन दिलीप कुमारको फिल्म जेलरमा देखिनेछन् । यस फिल्ममा मलयालम अभिनेता मोहनलाल र ज्याकी श्राफ पनि देखिनेछन् । यो फिल्म यसै वर्ष प्रदर्शन हुने जनाइएको छ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend