Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा हड्ताल


    आइतबार, जेष्ठ २८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आम हड्ताल गरिएको छ । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तर्गत आज सुदूरपश्चिम प्रदेशमा आम हड्ताल गरेको हो ।

    समितिका संयोजक लोकराज पाण्डेले आजको आमहड्तालमा यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरूले ऐक्यबद्धता रहेको बताए । आमहड्ताल बिहान ८ देखि साँझ ६ बजेसम्म रहने जनाइएको छ ।

    यसैबीच यहाँको शैक्षिक सङ्घ संस्था, कल कारखाना, यातायातलगायत बिहानैदेखि चल्न सकेका छैनन् । यसैबीच सुदूरपश्चिमस्थित संयुक्त यातायात व्यवस्थापन मूल समितिले बन्दमा आफ्नो ऐक्यबद्धता जनाउँदै यातायातका साधन नचल्ने जानकारी गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार