काठमाडौं । यातायात कार्यालयहरुले सवारी अनुमतिपत्रको प्रयोगात्मक परीक्षा(ट्रायल) ड्राइभिङ सेन्टरको प्रशिक्षण स्थलमा संचालन गर्र्दैआएका छन् । यातायात कार्यालय भक्तपुर राधेराधेले पनि ट्रायल परीक्षा अहिलेसम्म सिर्जनानगरको इजीवे ड्राइभिङ सेन्टरबाट गर्दैआएको थियो । यातायात कार्यालयमा हुने भीडका कारण लिखित परीक्षा पनि अब छुट्टै हलमा संचालन गर्र्ने सुरुवात भएको छ । यातायात कार्यालय राधेराधेले भक्तपुरले लिखित परीक्षा पनि छु्ट्टै हलमा संचालन गरिरहेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयबाट सहमति लिएर ट्रायल लिने ड्राइभिङ प्रशिक्षण सेन्टरकै हलमा लिखित परीक्षा हुने भएको छ ।
यातायात कार्यालय राधेराधे भक्तपुरले श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडासित हेभी बस, ट्रक, मिनीबसको ट्रायल सेवा थप गर्न सहमति माग गरेको छ । ट्रायलसँगै लिखित परीक्षा पनि संचालन गर्नेगरी हल हुनुपर्ने मापदण्ड तोकेर टेण्डर गरेको थियो । टेण्डरमा तोकिएको प्रक्रिया पूरा गरेको बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालि छनोट भएको थियो । ट्रायलका लागि आवश्यक स्थान र लिखित परीक्षा संचालनका लागि हल उपलब्ध गराउनेगरी बुढाथोकीले टेण्डर पाएर काम सुरु गरिसकेको छ ।
२०८० जेठ ८ गतेदेखि लागू हुनेगरी मध्यपुर थिमि राधेराधेस्थित बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालिको हलमा यातायात कार्यालय भक्तपुरले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा संचालन गर्न थालिसकेको छ । लिखित परीक्षाको अनावश्यक भीडबाट अन्य सेवा प्रवाहमा सरलीकृत गर्नका लागि यातायात कार्यालय राधेराधेले लिखित परीक्षा समेत ट्रायल दिने ठाउँमै संचालन गर्न सुरुवात गरेको जनाएको छ ।
भक्तपुर यातायात कार्यालयले कार, जिप र मोटरसाइकलको ट्रायलमात्र संचालन गर्दैआएकोमा अब हेभी बस, ट्रक र मिनीबसको समेत लिखित परीक्षा संचालन गर्ने भएका छ । कार, जिप र मोटरसाइकलकै सेवाग्राहीको चाप अत्यधिक भएको अवस्थामा हेभी बस, ट्रकसमेत थपिएपछि झन् भीड बढ्ने भएकाले पनि ट्रायल संचालन हुने ठाउँमै लिखित परीक्षा संचालन गर्न सुरु गरेको यातायात कार्यालय भक्तपुरले जनाएको छ ।
बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालिले लिखित परीक्षा संचालनका लागि हल दिनेगरी यातायात कार्यालबाट टेण्डर पाएको हो । लिखित परीक्षा ट्रायल हुने ठाउँमा संचालन गर्दा भीड कम भई अरु सेवा प्रवाह सरलरुपमा गर्न सहज भएको स्थलगत अध्ययनका क्रममा समेत सेवाग्राहीले अनुभूति गर्न थालेका छन् ।
सवारी चालक अनमुतिपत्र परीक्षा सञ्चालन कार्यबिधि २०७७ ले सम्बन्धित कार्यालयलाई नै लिखित परीक्षा, ट्रायल सन्चालन गर्न जिम्मेवारी तोकेको छ । सोही अनुसार यातायात कार्यालय भक्तपुरले लिखित परीक्षाका लागि हल उपलब्ध गराउनेगरी ट्रायल परीक्षा संचालन गर्न इच्छुक ड्राइभिङ इन्ष्टिच्यूटसँग बोलपत्र माग गरेको थियो । जसमा यातायात कार्यालयले मागेको प्रक्रिया पूरा गरेको बुढाथोकीले पाएको हो ।
म, रोजगार तथा यातायात मन्त्रालय बागमतीले कार्यबिधिकै प्रावधान वमोजिम छनौट हुने संस्थाले नै लिखित परीक्षा हल उपलव्ध गराउनेगरी सहमति प्रदान गरेको थियो । चलानी नम्बर ८६४, २०७९ चैत १४ गते बागमती प्रदेश यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, राधेराधे, भक्तपुरलाई दिएको सहमतिमा उल्लेख छ–‘प्रस्तुत विषयमा तहाँ कार्यालयको च.नं. १३४२, मिति २०७९–चैत १४ को ‘ग’ वर्गको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा स्थल छनौट गर्न सूचना प्रकाशन गर्ने सहमति प्रदान सम्बन्धको पत्र प्राप्त भई व्यहोरा अवगत भयो । सो सम्बन्धमा कारबाही हुँदा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थल छनौट गर्नका लागि सार्वजनिक खरिद ऐन, नियमावली र अन्य कानूनको परिधिमा रही सूचना प्रकाशन गर्न २०७९चैत १४ को (प्रदेश सचिवस्तरीय) निर्णयानुसार सहमति प्रदान गरिएको व्यहोरा अनुरोध छ ।’
मन्त्रालयको सहमतिपछि नियमसंगत सूचना प्रकाशन गरी लाइसेन्स परीक्षाका लागि बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालिलाई छनौट गरिएको यातायात कार्यालय भक्तपुरका एक अधिकारीले बताए । यसअघिका प्रदेशका यातायात मन्त्रालयका सचिव सुरेश राउतको कार्यकालमा लिखित परीक्षाको हलसमेत लिनेगरी सहमति दिएको थियो । कार्यबिधिकै प्रावधान अनुसार लिखित परीक्षा संचालनका लागि हल प्रयोग गरिएको यातायात कार्यालय राधेराधेले जनाएको छ ।
अहिले कार जिप मोटरसाईकलको ट्रायल संचालन भइरहेको स्थान अर्थात् इजीवे ड्राइभिङ सेन्टरबाट ठूला सवारीको ट्रायल हुनसक्ने अवस्था नै नभएको र लिखित परीक्षाका लागि समेत हल आवश्यक पर्ने भएकाले बोलपत्र गरी पारदर्शी रुपमा प्रक्रिया अनुसार बुढाथोकी छनोट भएको थियो । तर प्रक्रियामा भागै नलिएका जोन उर्फ निर्भयबाबु प्रसाईले मिडियबाजीमात्र होइन, प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्साललाई समेत गुमराहमा पार्ने प्रयास गरेका छन् । एमाले नेता महेश बस्नेतको समेत लगानी भएको इजीवेले विगत १० बर्षदेखि लाइसेन्सको ट्रायल परीक्षा संचालन गर्दैआएको थियो । निर्भयबाबु उर्फ जोनले नक्कली परीक्षार्थी बनाई विदेशमा बस्ने नेपालीको समेत लाइसेन्स निकालेको आरोप लाग्दैआएको छ । उनको ड्राइभिङ सेन्टरबाट पटक पटक नक्कली परीक्षार्थी पक्राउ पर्ने गरेका थिए ।
प्रतिब्यक्ति १ लाखदेखि डेढ लाख रुपैयाँ लिएर उनले नक्कली परीक्षार्थीलाई लिखित र ट्रायल पास गराउने गोरखा धन्दा गरी अकूत सम्पत्ति आर्जन गरेका छन् । उनले महेश बस्नेतलाई साझेदार राखी भक्तपुर यातायात कार्यालयमा सेटिङमा कार्यालय प्रमुखदेखि कर्मचारी सरुवा गरी आफ्नो ड्राइभिङ सेन्टरबाट नक्कली परीक्षार्थीलाई ट्रायल दिन लगाउँदैआएका थिए । अहिले सार्वजनिक खरिद ऐन नियम अनुसार बोलपत्र गरी बुढाथोकीलाई ट्रायल सेन्टर संचालन गर्न दिएपछि उजुरबाजुर गर्नेदेखि विभिन्न निकायमा जोन उफ निर्भयबाबु प्रसाईले गरिरहेका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend