Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गौर नरसंहारको १६ वर्षपछि आज सर्वोच्च अदालतमा सुनवाई हुँदै


    सोमबार, जेष्ठ २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। रौतहटको गौरमा १६ वर्षअघि भएको हत्याकाण्डको हालसम्म पनि जाँचबुझ तथा कारबाही नभएपछि आइतबार सर्वोच्च अदालतमा रिट परेको थियो  ।

    उक्त गौर नरसंहारको १६ वर्षपछि आज सर्वोच्च अदालतमा मुद्दाको सुनवाइ सुरु हुँदैछ । सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो दर्ता भएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो।

    जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभएपछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर दायर रिटमा आज देखी सुनवाइ हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ ।

    शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरेपछि भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार