बलराम पोखरेल
प्रधानमन्त्री प्रचण्ड बुधबारदेखि ४ दिने भारत भ्रमणमा जाँदैछन् । भ्रमणमा एजेन्डा के हुनुपर्छ, प्रधानमन्त्री कसरी प्रस्तुत हुनुपर्छ भन्ने बिषयले अहिले चर्चा पाएको छ । सबैले बिषयबस्तुहरुसँग जोड्दै आफ्नो धारणा राख्ने हो । धारणा राष्ट्रिय हित अनुकूल छन्–छैनन्, धारणा राख्नेको मूल्यांकन गर्ने आधार पनि त्यही हो ।
राष्ट्र र राष्ट्रियतालाई केन्द्रभागमा राखेर एजेन्डा बन्नुपर्छ र तिनै एजेन्डा द्विपक्षीय बनाउन सक्नुपर्छ । त्यही नै देखिन्छ कुटनैतिक कौशलता ।
(क) सीमा ब्यवस्थापनको कुरा गर्ने
सीमा ब्यवस्थापन किन आवश्यक छः
१.अब रोटीबेटीको कुराले देश चल्दैन । खुला सिमाका कारणले अपराधीहरु नेपालमा अपराध गर्ने, भारतमा लुक्ने, भारतमा अपराध गर्ने नेपालमा लुकेर बस्ने गरेका छन्, यो नियन्त्रण गर्नुपर्छ ।
२.भन्सार छली गरेर ठूलो परिमाणमा भारतीय सामान नेपाल भित्रिरहेको छ । जसले गर्दा राज्यलाई आउनुपर्ने राजस्व आइरहेको छैन । साथै नेपाली बस्तुसेवाले बजार पाएको छैन । तसर्थ सीमा ब्यवस्थापन हुनुपर्यो ।
३. खुलासीमाका कारण भारतीयहरुको धेरै घुसपैठ भयो । नागरिकता दिन दबाब बढ्यो । त्यसकारण सीमा ब्यवस्थापन हुनुर्पयो ।
४. हामीले हकभोग गरेको र बैंकमा पूर्जा राखेर ऋण लिएको जग्गा Fix riverine Boundary principle ले भारततर्फ परेको छ । त्यस्ता ठाउँहरु धेरै छन् । त्यो हाम्रो भूभाग हो । त्यस्ता ठाउँहरु सीमाको स्ट्रीप नक्सामा सुधार गर्नुप¥यो । त्यो प्रस्ताव आउनुपर्यो ।
यसमा आफूलाई सीमाविद् र विशेषज्ञ भन्नेहरू नै मौन छन् । किनकि उनीहरुले नै यो काम गरेका हुन् । तिनीहरुसँगै प्रचण्ड सुझाव माग्दैछन् । तसर्थ सुझाव दिने ब्यक्ति पनि राम्रो र इमानदार हुनुपर्छ ।
५. लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर त्यो क्षेत्र समेटिएको चुच्चे नक्सा सदनबाट एकमतले पारित गरी जारी भएको छ । त्यस क्षेत्रका बारेमा हाम्रो क्षेत्र हो भनेर स्पष्ट बोल्नुपर्यो ।
(ख) बंगलादेशमा विद्युत ब्यापार गर्न भारतले बाटो दिनुपर्यो भन्नुपर्यो ।
(ग) पहिलेको जस्तो ज्वाइन्ट सेक्युरिटी पोस्ट निर्माण गरेर उनीहरुको हित अनुकूल हुनेगरी सम्झौता गर्नुभएन । त्यसमा हामी चुकेका थियौं ।
(घ) हाम्रो आर्थिक कारोबारको हिसाब किताब राष्ट्रबैंकले नै राख्नेगरी सम्झौता गर्नुपर्यो ।
(ङ) राष्ट्रिय सुरक्षामा आँच आउने कुनै सम्झौता गर्नुभएन ।
(च) दूरगामी महत्व राख्ने बिषयमा कुरा आउँदा, ती बिषयका बारेमा सम्पूर्ण पक्षहरु बुझेर राष्ट्रिय सहमति कायम गरी अगाडि बढ्दा राम्रो हुन्छ । भारतलाई खुसी पार्न एक्लै निर्णय गर्नुभएन ।
राज्य संचालमा प्रजातान्त्रिक अभ्यास र पारदर्शीता भनेकै सबैको अपनत्व हो । सबैको सहमति हो । यसलाई सरकारले बुझ्न जरुरी हुन्छ ।
(पोखरेल नापी विभागमा लामो समय काम गरेका अवकाश प्राप्त राष्ट्रसेवक हुनुहुन्छ ।)
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend