काठमाडौँ। अल्लु अर्जुन र रश्मिका मन्डना अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ डिसेम्बर २२ मा प्रदर्शनमा ल्याउने तयारी भएको छ । भारतीय सञ्चारमाध्यले फिल्मको नयाँ मितिबारे समाचार छापेका छन्।
निर्माण टिमले भने फिल्मको रिलिज मितिबारे औपचारिक जानकारी दिन बाँकी छ। हाल धमाधम छायाङ्कन भइरहेको ‘पुष्पा २’ मा अभिनेता रणवीर सिंहको पनि ‘इन्ट्री’ हुने बताइएको छ।
सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन र रश्मिकाका साथै फहद फासिलको मुख्य भूमिका रहेको छ। फिल्मको दोस्रो श्रृंखलामा अल्लु अर्जुन र फहद फासिलबीच टकराव हुनेछ, जसलाई ‘पुष्पा: द राइज’को अन्त्यमा प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गरिएको थियो।
सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ को पहिलो पार्ट बक्स अफिसमा निकै सफल भएको थियो। सुकुमार निर्देशित यस फिल्मले विश्वभरबाट ३ सय करोड भारतीय रुपैयाँ कमाएको थियो।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend