Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • कोशी प्रदेशसभा सदस्यलाई ल्यापटप दिने निर्णय फिर्ता


    बुधबार, जेष्ठ १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कोशी प्रदेशसभा सदस्यलाई ल्यापटप दिने निर्णय फिर्ता भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ठूला तीन दल नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रले सचिवालयले बाड्ने ल्यापटप नलिने घोषणा गरेपछि ल्यापटप खरिद गर्ने निर्णयबाट प्रदेशसभा सचिवालय पछि हटेको हो।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रकमान्तर गरेर एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि एकसाता अघि प्रदेशसभा सचिवालयले एक सय वटा ल्यापटप खरिदका लागि टेण्डर आह्वान गरेको थियो। त्यसलगत्तै विरोध भएपछि प्रदेशसभा सचिवालयले उक्त निर्णय फिर्ता लिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार