काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रकरण टुंगोमा पुर्याउनुपर्ने बताएका छन्। यो प्रकरणमा कसरी अनुसन्धान भइरहेको छ भन्ने आमनारिकले हेरिरहेको उनले बताए।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले भने, ‘अहिले जसरी नामहरू आइरहेका छन् लाज पनि लगाएकोजस्तो भएको छ। को-को परेको हो, को-को नपरेको हो सुन्दासुन्दै। हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ। तर यसमा सरकारको परीक्षा हेर्नुछ। अनुसन्धान कसरी भइरहेको छ सबै जनताले हेरिरहेका छन्।’
उनले चाहे सलाम गर्ने वा सलामी खाने होस् जसको नाम आएको छ ऊमाथि छानबिन हुनुपर्ने बताए।
‘जसको नाम आएको छ उसलाई निष्पक्ष अनुसन्धान गरिनुपर्छ। कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन। सरकारको पछि अब न्यायालयको पनि परीक्षा सुरू हुन्छ,’ उनले भने, ‘अदालतले मैले न्याय गरेँ भनेर मात्र पाउँदैन। न्यायको अनुभूति हुनुपर्छ।’
‘चाहे घर होस् चाहे बार्दलीको होस्। नेता होस् कि नाता होस्। सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend