Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • किशोरीलाई यौन दुर्व्यवहार गर्ने मदन राईलाई थप ८ दिन थुनामा राख्न अनुमति


    आइतबार, जेष्ठ ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ‘शुभद्रा मदन फाउन्डेसन’ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा पक्राउ परेका मदन राईलाई थप ८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आज जिल्ला अदालत खोटाङले थप ८ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

    वैशाख २९ गते पक्राउ परेका राईमाथि अनुसन्धान गर्न अदालतले सुरूमा ७ दिने म्याद दिएको थियो। प्रहरीले अनुसन्धान नसकिएको भन्दै शुक्रबार फेरि उनलाई अदालतमा पेश गरेर म्याद थप्न माग गरेको थियो।

    सोही अनुसार अदालतले थप ८ दिन राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार