Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाल यौन दुरुपयोगमा मदन राईलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


    आइतबार, बैशाख ३१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । खोटाङ जिल्ला अदालतले कृषिविद् मदन राईमाथि बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई सात दिनको समय दिएको छ । आज अदालतले राईविरुद्ध अनुसन्धानका लागि प्रहरीलाई सात दिनको समय दिएको हो ।

    यौन दुर्व्यवहारको आरोपमा राई वैशाख २९ गते पक्राउ परेका थिए । राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको थियो । उनीमाथि आफैले सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार